कोरोनाको त्रासः प्रचण्डको भिडियो सन्देश

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नागरिक र आमसचारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

मिडियाको जिम्मेवारपूर्ण आधिकारिक शिक्षाले यो भाइरसबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो आत्मासात गर्न पनि उनले आग्रह गरेका छन् । 

अध्यक्ष प्रचण्डले शनिबार एक भिडियो शन्देश जारी गर्दै कोभिड १९ का विरुद्ध विजयप्राप्त गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न  तथा त्यसमार्फत देश र दूनियाको रक्षामा योगदान गर्न सवैसँग अपिल गरेका छन् । 

त्यस्तै उनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउन राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया