स्वास्थ्य सामग्री ल्याउन चीन उड्यो जहाज, राती १ बजे नेपाल आउने

४ बर्ष अगाडि

कोभिड–१९ परिक्षण तथा उपचारका स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाइन्सको आरए ४१७१ कल साइनकाे जहाज आज दिउँसो १२ः३१ बजे जहाज चीनतर्फ उडेको हो । 

कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) ल्याएर सो जहाज जहाज राती १ बजे तिर काठमाडौं आईपुग्ने छ ।

ती सामानहरु चीनले गोञ्जाओमा तयार गरेर राखिदिएकोले नेपाल एयरलाइन्सको जहाजले त्यहाँबाट स्वास्थ्य सामग्री  ल्याउने छ।

चीनले  कोरोनाभाइरसबाट बच्ने, परिक्षण गर्ने र उपचार गर्ने सामग्री सहयोग गर्ने बताएपछि नेपाल सरकारले आवस्यक पर्ने सामाने सूची बनाएर पठाएको थियो । 

आजै साँझ काठमाडौं आइपुग्ने स्वास्थ्य उपकरण आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश प्रदेशमा पठइने छ । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार पहिले चीनले नै कार्गो पठाउने भनिए पनि अब नेपालबाटै सामाग्री लिन विमान चीन गएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया