चल्ला उत्पादन ठप्प, अब एकमहिनामा नेपालमा ब्रोइलर कुखुरा सकिन्छन्

४ बर्ष अगाडि

कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन भएपछि देशभर ब्रोइलर कुखुराका चल्लाको उत्पादन ठप्प भएको छ । 

११ चैतदेखिको लकडाउनका कारण ह्याचरी उद्योगबाट चल्लाको उत्पादन ठप्प भएको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । 

किसानले चल्ला लैजान छोडेपछि हाल देशभर रहेका झण्डै एक सय  ह्याचरी उद्योगले पचल्ला उत्पादन गर्न छोडेका हुन् । 

लकडाउनका कारण देशभर व्यवसायीक कुखुरापालकले कुखुराको उत्पादन गर्न पनि छोडेका छन् ।  अहिले फार्ममा भएका कुखुराले अबको करिब एक महिना धान्ने र एकमहिनापछि नेपालमा ब्रोइलर कुखुरा सकिने विष्टले बताए । 

लकडाउन भएपनि सरकराले पशुपन्छी तथा माछाको दाना, चल्ला, पशुपन्छी जन्य उत्पादन ढुवानी भने सहज नै बनाएको छ । ‘शुरुमा ढुवानीमा कडाई भएपछि ति कुखरा मारिए, कति डम्प गरिए, तर शुक्रबारदेखि भने सहज भएको छ’,  विष्टले भने ।  ‘

अहिले कुखुरा उत्पादन भएपनि मासु बिक्री गर्न समस्या हुने भएकोले अब लकडाउन हटेपछि कुखुराको उत्पादन शून्यबाट नै सुरु गर्नुपर्ने कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसीले बताए ।  ‘भारतबाट कुखुरा आउन रोकिएको भने नेपालकै कुखुरा पनि बिक्री भएको अवस्था छैन’, उनले भने, ‘होटल, रेष्टुरेन्टलगायत पर्यटन क्षेत्रका सेवा व्यापारहरु नै ठप्प बनेको र आम उपभोक्ताले समेत मासु खान कम गरेका कारण हाल कुखुराको मासुको व्यापार निकै खुम्चिएको छ ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया