नेपालमा फेरी एकजनामा कोरोना संक्रमण, बेल्जियमबाट आएकी महिला संक्रमित

४ बर्ष अगाडि

नेपालमा फेरी फेरी एकजना कोरोना संक्रमित भेटिएका छन्र ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी महिलामा संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

बेल्जियमबाट कतार हुँदै फर्केकी काठमाडौं भन्दा बाहिरकी २२ वर्षिय महिलामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । 

उनी चैत्र ४ गते नेपाल आएकी थिईन् । 

यो सँगै नेपालमा पाँचजनामा कोरोना संक्रमण भेटिएको छ । 

उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी महिला बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा घर भएकी र उनी  चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएको मन्त्रालयले जनाएको छ ।  
सो विमानबाट आएकी अर्की एक युवतीलाई गत चैत १० गते नै कोरोना पुष्टि भएको थियो । 

सो विमानबाट  १५८ यात्रु नेपाल आएका थिए । १० गते एक युवतीमा कोरोना संक्रमण भेटिएपछि खोजी गर्दै जाँदा   धौलागिरी अस्पतालमा नमुना संकलन गरि टेकु पठाइएको थियो । 

तर ती युवती भने आफ्नै घरमा बसेकोले अहिले काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया