जनचेतना जगाउँने उद्देश्यका साथ कोरोना भाइरस बोलको गीत सार्वजनिक

४ बर्ष अगाडि

लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतना जगाउँने उद्देश्यका साथ कोरोना भाइरस बोलको गीत सार्वजनिक भएको छ । 

पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयम् खातीको संगीत रहेको कोरोना भाईरस गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

विश्वभरी २८ हजारभन्दा बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी बच्ने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ। दिपा श्री निरौला, उमेश राई (फुलन्देकी आमा ) बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा,  पत्रकार ऋषि धमला,कोमल ओली, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया