कोरोनाविरुद्ध कमलामाई नगरपालिकाले छर्किन थाल्यो कीटनाशक औषधि

४ बर्ष अगाडि

कमलामाई नगरपालिकाले आज बजार क्षेत्रमा कोभिड–१९ विरुद्ध कीटनाशक औषधि छरेको छ । नगर प्रमुख खड्गबहादुर खत्रीले २ नं बजारबाट कीटनाशक औषधि छर्न शुरु गरेका थिए  । गैरी बजार, १ नं. बजार, स्टल बजार तथा धुरा बजारमा उक्त औषधि छर्कने योजना रहेको नगर प्रमुख खत्रीले जानकारी दिए । सडक र छेउछाउमा रहेका घरका भित्तामा पनि कीटनाशक औषधि छर्किएको छ । 

नगरवासीमा खाद्यान्न लगायत अत्यन्तै आवश्यक पर्ने वस्तुको अभाव हुन नदिने गरी पनि योजना बनाइएको उनले बताए । नगरपालिकाले  घरघरमै पुग्ने गरी घुम्ति पसल सेवा शुरु गर्ने निर्णय गरी सेवा शुुरु गरेको छ ।  नगरपालिकाका प्रमुख  खत्रीको अध्यक्षतामा आज बिहान सिन्धुलीमाढीमा बसेको सर्वपक्षीय बैठकले सेवा दिने निर्णय गरेको थियो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिइएको नगरपालिकाले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया