ज्वरो आएर जँचाउन जाँदापनि स्वास्थ्यकर्मीले फर्काएका थिए काेराेना संक्रमित युवतीलाई

४ बर्ष अगाडि

आज कोरोना संक्रमण पुष्टी भएकी बाग्लुङकी युवतीलाई ज्वरो आएर अस्पअयताल पुग्दा पनि स्वास्थ्यकर्मीले सामान्य ज्वरोले केही हुँदैन भन्दै घर पठाएको खुलेको  छ । 

बेल्जियमबाट फर्केपछि ज्वरो आएर धौलागिरि अस्पतालमा पुगेकी उनलाई स्वास्थ्यकर्मीले केही हुँदैन भन्दै फर्काएको बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेले बताए । 

मेयर पौडेलका अनुसार चैत ४ गते  कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन माइक्रो चढेर घर पुगेकी थिइन्।

घरमा पुगेको केहीदिनमा ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पताल पुगेपनि आफू बाहिरबाट आएको भने जानकारी नदिएको अस्पतालले जनाएको छ । त्यसपछि चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए।

काठमाडौंकी एक युवतीलाई कोरोना संक्रमण भेटिएपछि सो जहाजमा आएकाहरुको नाम खोजी गर्दै जाँदा नगरपालिकाले उनलाई खोज्दै चारदिन अघि उनको घरमै पुगेको थियो । 

घरमै गएर स्वाब संकलन गरिएपनि उनी अहिलेसम्म आफ्नै घरमा रहेको पौडेलले जानकारी दिए। अब उनलाइ काठमाडाैं पठाउने तयारी भएकाे छ । 
उनकाे परिवारका सदस्यकाे भने अहिलेसम्म पनि स्वाब परिक्षण गरिएकाे छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया