अक्षय कुमारले दिए ‘पीएम–केयर फण्ड’ मा २५ करोड भारु

४ बर्ष अगाडि

भारीय अभिनेता अक्षय कुमारले सरकारले स्थापना गरेको ‘पीएम–केयर फण्ड’ मा २५ करोड भारु सहयोग गरेका छन् । कोरोनाजस्ता विषम परिस्थितिमा सहयोगका लागि भारत सरकारले कोष स्थापना गरेको २० मिनेटमै अक्षयकुमारले सो सहयोग गर्ने घोषणा गरेका हुन् । 

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर महामारीसँग लड्न ‘पीएम–केयर फन्ड’ नामक कोष स्थापना गरेको जनाएका थिए । 

उनले देशवासीलाई यसमा दान गर्नका लागि अपिल गरेका छन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पु–याउने माध्यम बन्नेछ ।

यो कोषमा प्रधानमन्त्री यसको अध्यक्ष रहनेछन् भने गृहमन्त्री, रक्षामन्त्री र अर्थमन्त्री यसको सदस्य रहनेछन् ।
प्रधानमन्त्री मोदीले ट्वीट गरेको २० मिनेटमै अभिनेता अक्षयकुमारले ट्वीट गरेर २५ करोड रुपैयाँ भारु दान गरेको घोषणा गरे । 

अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया