पूर्वप्रधानमन्त्रीले सरकारलाई भने : कान्छा मामाको भाँग्राको धोँती

४ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री एवं संंघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले कोरोना भाइरसबाट सुरक्षित हुन राम्रो तयारी गर्न नसेको भन्दै सरकारलाई व्यंग्य गरेका छन् । 

भाइरसबाट बच्न तथा उपचार गर्न राम्रो प्रवन्ध गर्न नसकेको भन्दै उनले सरकारप्रति व्यङ्गय गरेका हुन् । 

कोरोना विरुद्धको युद्ध विश्व जनयुद्ध भएको बेला विश्वस्तको नेतृत्व अभाव खड्केको भन्दै डा. भट्टराईले नेपालमा पनि त्यहि हालत भएको बताए । 

‘कोरोनाविरूद्धको युद्ध राष्ट्रिय युद्ध मात्र नभएर विश्वयुद्ध हो र अझै विश्व–जनयुद्ध हो किनकि २.५अर्ब जनता लकडाउनमा छ’, उनले ट्वीटरमा लेखेका छन् ‘तर दुर्भाग्य, यतिवेला एकातिर विश्वस्तरको नेतृत्वको अभाव खट्केको सर्वत्र चर्चा भैरहेछ भने नेपालको हालत ‘जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती’भने झैं छ ।’ 
 

४ बर्ष अगाडि

प्रतिक्रिया