सन्राइज बैंकद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण

४ बर्ष अगाडि

सन्राइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र नर्सका लागि कोरना भाइरसको उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) २५÷२५ थान प्रदान गरेको छ । 

बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त पिपिई वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई आज हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सरहानीय रहेको बताउँदै आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उल्लेख गरे। सन्राइज बैंकले सातै प्रदेशमा सक्दो पिपिई सहयोगस्वरुप प्रदान गर्ने जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया