कोरोना भाइरस : विश्वभरि मृत्यु हुनेको संख्या करिब ३० हजार पुग्यो

४ बर्ष अगाडि

विश्वभरि माहमारीको रुपमा फैलिएको कारोना भाइरस कारणले हालसम्म विश्वमा  २९ हजार ९५१ जनाको मृत्यु भइसकेको छ । साथै विश्वभर ६ लाख ४५ हजार १५८ व्यक्ति संक्रमित भइसकेका छन् भने कुल संक्रमितमध्ये १ लाख ३९ हजार ५५० निको भएर घर फ्रकेका छन् ।

नेपालमा पनि हालसम्म ५ जना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरसको संक्रमण पछिल्लो समय झन भयावह स्थितीमा पुगेको छ  । 
 
हालसम्म आइपुग्दा अमेरिका सबैभन्दा बढी संक्रमित देखिएका छन । अमेरिकामा १ लाख १६ हजार ५० स्रक्रमित रहेका छन्  भने करिब २ हजारको मृत्यु भएको छ ।

त्यस्तै इटलीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ भने आज मात्र ८८९ जनाको मृत्यु भएको छ । इटलीमा संक्रमितको संख्या ९२ हजार ४७२ पुगेको छ ।

स्पेनमा आज मात्र ६७४ को मृत्यु भएको छ भने कुल ५ हजार ८१२ मृत्यु भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया