चीनले दिने स्वास्थ्य सामग्री चिनियाँ विमानले नै ल्याउँदै छ, व्यापारीले खरिद गरेकाे आइपुग्याे

४ बर्ष अगाडि

चीनले दिएका  कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चिनियाँ जहाजले आफै ल्याउने भएको छ । 

ती सामग्री लिएर सिचुआन प्रान्तबाट चिनियाँ जहाज काठमाडौंका लगि प्रस्थान गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताइन् । 

‘दूतावासको सक्रिय समन्वयबाट सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू ग्वाङ्झाओबाट प्रस्थान गरिसकेका छन् र छिट्टै आइपुग्छन्’ उनले भनिन् । 

सोही उडानमार्फत ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशन द्वारा चन्दा स्वरुप दिएका मास्क, लगायत आपतकालीन महामारी रोकथाम सम्बन्धी पहिलो चरणका सामग्री पनि आउने उनले बताइन् । ‘परिक्षण किटहरु लगायतका अन्य सामग्री पनि चाँडै आउनेछन्’, उनले भनिन् । 

ती सामग्री दिउँसाेसम्म नेपाल आइपुग्छन् । 

यसबैबीच ब्यापारीरुले किनेर सरकारलाई बेच्ने सामग्री भने नेपाल आइपुगेका छन् । ग्वाङ्झाओबाट सामग्री लिएर आएको  नेपाल एयरलाइन्सको  विमान आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमानले कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री ल्याएको छ । ती सामग्री लिन शनिबार मध्याह्न  वाइडबडी जहाज वाइबडी विमान चार्टर गरेर ग्वाङ्झाओ पठाइएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया