सरकारले मजदुर र विपन्नलाई राहत प्याकेज घाेषणा गर्ने, लकडाउन अबधि थप्ने मन्त्रीपरिषदको बैठक बस्दै

४ बर्ष अगाडि

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन थप्ने तयारी गरेको छ । 

गत सोमबारदेखि शुरु भएको लकडाउन कडाउन पर्सि मंगलबार (चैत १८ गते सम्म) मात्र रहने भएकोले त्यसको अवधि अझै एकसाता थप्ने तयारी गरेको हो । 

अवधि थप्नका लागि आज दिउँसो ४ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्ने तयारीमा सरकार लागेको हो । 

तर लकडाउन अवधिमा तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका अझ राम्रो प्रवन्ध मिलाउने विषयमा पनि मन्त्रीपािरष बैठकमा छलफल हुने छ । 

त्यस्तै सरकारले सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्नलाई केही राहत प्याकेजको पनि घोषणा गर्ने एक मन्त्रीले बताए । 

स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गरेर कोरोनाको महामारी फैलन नदिन व्यवस्था मिलाउने विषयमा पनि आजको मन्त्रीपरिषदले निर्णय गर्ने जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया