लकडाउन अवधी बढाउने तयारी

४ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले लकडाउनको अवधी लम्वाउने तयारी गरेको छ । सरकारले लकडाउन थप १ हप्ता लम्बाउने तयारी गरेको बताइएको छ । 
यसका लागि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठक आज सिंहदरवारमा बस्दै छ । लकडाउनको अवधीमा अत्यावश्यक सेवालाई प्रभावकारी बनाउन उक्त समितिले कार्ययोजना पनि बनाएको छ । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ४ बजे मन्त्रीपरिषद्को बैठक आह्वान गरेका छन् । उक्त बैठकबाट लकडाउन बढाउने सम्बन्धी निर्णय गरिने बताइएको छ । 

सरकारले गत चैत ११ गतेदेखि चैत १८ गते सम्म लकडाउन घोषणा गरिसकेको छ, त्यो समय मंगलबार सकिदैछ । त्यसपछि थप एक हप्ता लकडाउन लगाउन सकिने बताइएको छ ।

#कोरोना_भाइरस

४ बर्ष अगाडि

प्रतिक्रिया