स्मार्ट फोन किन्दा सलमान खानको पास सित्तैमा

६ बर्ष अगाडि

काठमाडौं– केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले ‘वाइवान गेट वान’ अफरसँगै मार्च १० मा हुने बलिउड स्टारहरुको कार्यक्रमको पास निशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने ग्राहकलाई मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खान सहितका कलाकारको कार्यक्रमको पास सित्तैंमा उपलब्ध गराउने भएको हो । 
मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भएपछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाडौंको टुडिखेलमा हुने बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको हो । मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । 
मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ । पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरा अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले मोबाइल मेला सञ्चालन गरिरहेको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबमा खेल खेलेर मोबाइल जित्नेदेखि मोबाइल किनेर अर्को एउटा मोबाइल सित्तैंमा पाइने अफरका कारण ग्राहको भीड बढेको छ । यसका साथै हबले अहिलेसम्मकै सस्तो मूल्यमा पनि मोबाइल फोनहरु उपलब्ध गराईरहेको छ ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को एउटा मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले जानकारी दिए । यो योजनामा सामसुंग, आईफोन, भिभो, ओप्पो लगायतका मोबाइल किन्नेहरुले अर्को मोबाइल सित्तैंमा पाउने छन् ।  

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नामको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया