महामारीमा लुट : सरकारले किनेका ५ प्रकारका सामग्रीमा मात्र साढे ५४ करोड भ्रष्टाचार

४ बर्ष अगाडि

सरकारले काेराेना भाइरस संक्रमणकाे जाँच र उपचारकाे लागि किनेका काेराेना  ५ वटा सामानमा मात्रै साढे  ५४ करोड भ्रष्टाचार गरेको चीननमा १५ वर्षदेखि व्यापार गरिरहेका नेपाली व्यवसायीले आरोप लगाएका छन् । 

चीनबाट नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालालाई चिठी लेख्दै उनले सरकारले किनेका १८ प्रकारका सामान मध्ये ५ प्रकारका सामानमा मात्रै सो भ्रष्टाचार गरेको बताएका हुन् । 

‘कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड, चश्मामा १५ करोड, गाउनमा मात्रै ११ करोड, मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो, मन्त्रीज्यु ?’, चिठीमा उनले प्रश्न गरेका छन् । 

उनले राखेको विवरण अनुसार सरकारले ९५ मास् प्रतिगोटा ७ डलमा किनेको छ । तर उक्त मास्क उनले १ डलरमा उपलब्ध गराउने बताएका छन् । ८० हजार थान मास्क सरकारले ४ लाख ८० हजार डलरमा किनेको छ । त्यसमा नेपाली रुपैयाँ ५ करोड ७६ लाख ३८ हजार  ४ सय रुपैयाँ सरकारले बढी तिरेको छ । 

त्यस्तै सरकारले प्रतिगोटा ३८ डलरका दरले ५० हजार गोटा पीसीआर टेष्टिङ्ग किट किन्दा १६ करोड ८१ लाख १२ हजार भ्रष्टाचार गरेको उनको आरोप छ । सो किट प्रतिगोटा जम्मा १० डलर मात्र पर्ने उनको तावी छ । प्रतिगोठा जम्मा २४ पर्ने थर्मोमिटर ६५ डलर हालेर १ हजार ५ सय गोटा किन्दा किन्नेहरुले ७३ लाख ८४ हजार ९ सय २० रुपैयाँ कमिसन खाएका छन् भने प्रति गोटा ३ डलरमा पाइने चश्मा सरकारले १८ डलरमा किनेर अधिकारीहरुले १८ करोड १ लाख २० हजार भ्रष्टाचार गरेका छन् । 

डिस्पोजएवल गाउन्समा १३ करोड २० लाख ८८ हजार भ्रषचार भएको दावी गरेका उनले सो गाउन्स ५ डलरमा आउने भएपनि १६ डलरमा किनिएको दावी गरेका छन् । 

यति ५ प्रकारका सामानमा मात्र जम्मा ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० नेपाली रुपैयाँको भ्रष्टाचार गरेको दावी गर्दै उनले ३ करोड नेपालीको स्वास्थ्य र उनीहरुको जिन्दगी र भविष्यसंग खेलवाड गरेको आरोप लगाएका छन् । 

‘देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला’, उनले चिठीमा लेखका छन् ‘तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।’

विकले मन्त्री ढकाललाई नेपाली जनताको पाप लाग्ने भन्दै सरापेका छन् । ‘यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन, किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ’, उनको चिठीमा उल्लेख छ । 

विकले नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा आफूले करोडौँ सस्तोमा उपलब्ध गराउने समेत बताएका छन् । 

एननाइन्टीफाईभ माक्सलाई रु.३०० मा बेच्यो भनेर औषधी पसललाई कारबाही गरेको सरकारले रु ८५० खरिद गरको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएकोे छ । 

राजनैतिक विश्लेक भरत दाहालले जहाज भाडामा मात्र ४२ लााख डकैति भनेर स्टाटस लेखेपछि पर्यटनमन्त्री योगेश भट्टराइले फेसबुकमै त्यसको जवाफ फर्काएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया