लकडाउन यसपटक बढीमा १४ दिन थपिन सक्ने : उच्चस्तरीय समितिको बैठक समियो, मन्त्रीपरिषद् शुरु

४ बर्ष अगाडि

यसपाली बढीमा १४ दिन लकडाउन थपिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय ७ देखि १४ दिनसम्म थप्ने निर्णय गरेको छ। 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो।  

सोही विषयमा निर्णय गर्नका लागि अहिले मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।  यो बैठकले उच्चस्तरीय समितिले गरेको प्रस्तावबारे आवश्यक निर्णय लिनेछ । 

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । 
तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया