बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिवन्ध

३ बर्ष अगाडि

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नेपालमा फैलन नदिन सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिवन्ध बैशाख ३ गतेसम्म लम्बाउने निर्णय गरेको छ । 

आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले हवाई उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बाउने निर्णय गरेको हो ।

‘हवाई उडान अप्रिल १५ तारिखसम्म रोक्ने निर्णय भएको भने लकडाउनको अवधि बढाउने विषयमा प्रस्ताव आए पनि आजै बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ,’ समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले भने । 

बैठकले कोरोना भाइरसबाट पीडितहरुका लागि राहत प्याकेज ल्याउने विषयमा छलफल गरी मन्त्रीपरिषदलाई सिफारीस गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया