महंगोमा सामग्री किनेको स्वीका-यो स्वास्थ्य मन्त्रालयले तर भ्रष्टाचार लुकायो

३ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण महंगोमा किनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वीकार गरेको छ । 

प्रमाणसहित चौतर्फी आलोचना भएपछि पत्रकार सम्मेलनमार्फत स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले चाँडो किन्नुपरेकोले केही महंगो पर्न गएको स्विकार गरे । 

ती सामग्रीको संसारभर अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने र ढिला गर्दा समान पाइन नसक्ने भएकोले महंगोमा किन्नुपरेको तर्क गरे । 

‘केही महंगो भएको हुनसक्छ, तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन’, उनले भने । 

स्वास्थ्य मन्त्रालयले चीनबाट एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरण किन्दा वास्तविक मुल्य भन्दा महंगो हालेर भ्रष्टाचार गरेको समाचार सार्वजनिक भएको थियो । तर मन्त्रालयले सामान किन्दा अनियमितता भने नभएको दाबी गरेको छ । 

लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका लागि प्रस्ताव आह्वान गरेपनि दुईवटाले मात्र प्रस्ताव हालेकोले प्रतिस्पर्धा नभएकोले महंगो पर्न गएको बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया