चैत २५ सम्म लकडाउन, वैशाख ३ सम्म हवाइ उडान बन्द

४ बर्ष अगाडि

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समय ८ दिन थपेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । 

गत सोमबारदेखि शुरु भएको लकडाउन कडाउन पर्सि मंगलबार (चैत १८ गते सम्म) मात्र रहने भएकोले त्यसको अवधि ८ दिन  थपेपछि चैत्र २५ सम्म पुगेकाे छ । 

सरकारका प्रवक्ता डा युवराज खतिवडाले २५ गते राती १२ बजेसम्मका लागि लकडाउन अवधि थपिएकाे बताए ।  

यसअघि आजदिउँसो बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि ७ देखि १५ दिनसम्म थप गर्ने निर्णय गरेको थियो । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउन भएको समितिको निश्कर्ष छ । 

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । 

उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बाउने निर्णय गरेको छ । 

‘हवाई उडान अप्रिल १५ तारिखसम्म रोक्ने निर्णय भएको भने लकडाउनको अवधि बढाउने विषयमा प्रस्ताव आए पनि आजै बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ,’ समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले भने । 

बैठकले कोरोना भाइरसबाट पीडितहरुका लागि राहत प्याकेज ल्याउने विषयमा छलफल गरी मन्त्रीपरिषदलाई सिफारीस गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया