कोरोना कहर : विश्वभरि मृत्यु हुनेको संख्या ३२ हजार नाघेयो

४ बर्ष अगाडि

विश्वभरि महामारी रुपमा फैलिदै गएको कारोना भाइरसको कारण हालसम्म ३२ हजारको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि  ६ लाख ८३ हजार ५२५ जना कारोना भाइरसबाट संक्रमित भएका छन भने १ लाख ४६ हजार ३९६ जना उपचारपछि घर फ्रकिएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित अमेरिकामा १ लाख २३ हजार ७८१ जना संक्रमित रहेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या २ हजार २२९ पुगेको छ । 

पछिल्लो विवरणअनुसार आज इटली नयाँ संक्रमितको देखिएको छैन भने मृत्यु भएको छैन् ।

स्पेनमा आज मात्र ५ सय ४६ को मृत्यु भएको छ र कुल ६ हजार ५२८ को मृत्यु भएको छ भने ७८ हजार ७९७ जना संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया