एक महिनाकाे घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारकाे आग्रह

४ बर्ष अगाडि

सरकारले घरधनीलाई एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको छ ।

मन्त्रीपरिषदको आजको बैठकले शहरी क्षेत्रका घरधनीलाई घरभाडा छुट दिन आग्रह गर्ने निर्णय गरेको हो । 

कोरोना रोकथामका लागि सरकारले लकडउन गरेकाे कारण व्यापार व्यवसाय बन्द भएकाे, राेजगारी प्रभावित भएकाे तथा आवतजावतमा समेत समस्या भएपछि सरकारले यस्तो निर्णय गरेको हो । 

यसरी मिनाहा गरिएको घरभाडामा घरबहाल कर नलिने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेकाे छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया