कारोना भाइरस : पाकिस्तानमा संक्रमितको संख्या १५ सय पुग्यो

४ बर्ष अगाडि

विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ । 

अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।  

एउटै देशमा सङ्क्रमित हुने र मृत्यु हुनेको यो सङ्ख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरुले बताएका छन् । 

पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन । पन्जावमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । 

मृत्यु हुनेको सङ्ख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन् ।  पकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया