शान्तिसेना गएका लेफ्टिनेन्ट कर्णेलको सुडानमा मृत्यू

३ बर्ष अगाडि

शान्ति मिसनमा सुडान गएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश निधन भएको छ । 
 
संयुक्त राष्ट्रसंघको सुडान मिसन अन्तर्गत खटिएका मा खटिएका प्रमुख सेनानी विष्टको हृदयघातबाट निधन भएको हो । 

९ महिनाअघि सुडान मिसन मुख्यालयमा  विष्ट ‘स्टाफ अफिसर’का रूपमा खटिएका थिए । उनको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने विषयमा छलफल भइरहेको पनि निर्देशनालयले जनाएको छ ।

निश्चित प्रक्रिया पूरा गरेर मात्र संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्ने भएकाले समय लाग्ने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया