कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३४ हजार पुग्यो

४ बर्ष अगाडि

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट  पछिल्लो समय विश्वभर ३४ हजार मानिसहरुको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभरि ७ लाख २३ हजार ७१७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भने १ लाख ५१ हजार ८२४ जना यस संक्रमणबाट निको भएर घर फर्केका छन् ।

इटलीमा कारोना भाइरसको अवस्था भयावह रहेको छ ।  इटालीमा एकै दिन (हिजोमात्र)  ७५६ नागरिकको ज्यान गएको छ । भने हालसम्म १० हजार ७७९  नागरिकको मृत्यु भइसकेको छ र संक्रमितको संख्या ९७ हजार ६८९ पुगेको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२  हजार १७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।  संयुक्त राज्य अमेरिकामा २ हजार ४८४ जनाको ज्यान गइसकेको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८०३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार ११० पुगेका छन् । यहाँ १४ हजार ७०९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया