विराट कोहली र अनुष्काद्धारा राहत कोषमा ३ करोड सहयोग

४ बर्ष अगाडि

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत  सरकारले ‘लकडाउन’ गरेपछि भारतमा ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ । 

प्रधानमन्त्री राहत कोषमा केही सेलिबे्रटीहरु पनि आफुले सक्ने सहयोग गरिरहेका छन भने कोही कोहीले दैनिक ज्यालादारी कामदारहरूलाई तलब दिएर उनीहरूको आवश्यकता पूरा गरिरहेका छन्।
 यसैबीच बडिउडका एकदमै चर्चित सेलिब्रटी दम्पति विराट कोहली र अनुष्का शर्माले कोरोनाभाइरसको बिरूद्ध भारतको लडाईका लागि संयुक्त रुपमा सहयोग गर्न अगाडि सरेका छन ।

विराट कोहली र अनुष्का शर्माले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

अनुष्का र विराटले कोरोना भाइरसको प्रसारमा आफ्नो चिन्ता साझा गर्दै आएका छन् र जनतामा चेतना र सकारात्मकता फैलाउन उनीहरूको प्रयास गरिरहेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया