सरकारले भोलीका लागि खाद्यान्नको जोहो गर्दै, भण्डारणको लागि भेटियो राधेराधेमा १७ तले घर

४ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित हुनका लाग लकडाउन अवधि लम्बिने भएमा सरकारले खाद्यान्नको जोहो गर्ने भएको छ । त्यसका लागि सरकारले खाद्यान्न आयात तथा भण्डारको प्रवन्ध मिलाउन लागेको छ । 

लकडाउन बढाउनै पर्ने अबस्था आएमा भक्तपुरमा १७ तले खाली घरमा खाद्यान्न भण्डारणको तयारी गरिएको छ । 

खाद्यान्नको जोहो र भण्डारण व्यवस्थाका लागि जुटेका सुरक्षाकर्मीले भक्तपुर जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित  १७ तले खाली भवनमा खाद्यान्न भण्डार गर्न लागिएका छन् । 

सो भवनमा संयुक्त सुरक्षा फौजले खाद्यान्न भण्डार गर्ने तयारी गरेको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया