कोरोना भाइरस देखिएपछि विदेशबाट नेपाल आउने ४१ हजार पुगे, भेदभाव र हेला नगर्न सरकारकाे आग्रह

४ बर्ष अगाडि

विश्वमा कोरोना भाइरस संक्रमण शुरु भएपछि नेपाल बाहिरबाट आउनेहरुको संख्या ४१ हजार पुगेका छन् । संघीय सरकारको निर्देशन पछि स्थानीय तहले संकलन गरेको तथ्यांक अनुसार ४१ हजार १ सय ४० जना बाहिरका मूलुकबाट नेपाल फर्केको तथ्यांक सार्वजनिक भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्थानीय तहले बाहिरबाट आएकाहरुको ट्रेसिङ्ग गरेर केहीबेर अघिसम्म सो तथ्यांक संकलन गरेर पठाएको बताए । ‘आज केहीबेर अघिसम्मको यो तथ्यांक हो’, उनले भने ‘यो तथ्यांक बढ्दो क्रममा छ । ’
स्वास्थ्य मन्त्रालयले विदेशबाट आएकाहरुलाई परिवार र समुदायको सम्पर्कमा नगई सेल्फ क्वारेण्टाइनमा बस्न उनीहरुलाई आग्रह गरेको छ । 

तथ्यांक संकलन गर्नका लागि गरेको मेहनेत प्रति स्थानीय तहलाई मन्त्रालयले धन्यवाद दिँदै मन्त्रालयले उक्त तथ्यांकले भोली कसैलाई खोजेर उपचार गर्नुपरेमा सजिलो हुने बताएको छ । 

विदेशबाट आफ्नो ठाउँमा बस्न आएकाहरुलाई कतिपय ठाउँहरुमा हेला गर्ने गरेको गुनसो आएकोले त्यसो नगर्न मन्त्रालयले जनतालाई आग्रह गरेको छ । 

‘कतिपय ठाउँमा भेदभाव हेला गर्ने, गाउँका मान्छे बसेर गाउँछाडेर गइहाल भन्ने अवस्था आएको भनेर फोन आएको छ, यो गलत हो’   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने ‘यो परिवार र समुदायका लागि उहाँहरु पनि उत्तिकै जिम्मेबार हुनुहुन्छ, भेदभाव गरौँ ।’

अहिले नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने र एउटा समुदायबाट अर्कोमा सर्ने अवस्था नदेखिएकोले विदेशबाट आएको व्यक्ति भन्नेवित्तिकै भेदभाव र हेला नगर्न उनले आग्रह गरे । भेदबाटबाट भोली सम्बन्ध बिग्रने भएकोले सबैलाई जिम्मेवार हुन सरकाले आग्रह गरेको छ । ‘हामी रोगसँग लड्ने हो व्यक्तिसंग लड्ने हो’, स्वास्थ्य विज्ञ सल्लाहकार डा. कार्कीले भने ‘विदेशबाट आउनेहरु पनि जिम्मेवार भएर एकजनालाई संक्रमण छ भने अरुलाई सार्नु हुँदैन भनेर उहाँहरु क्वारेण्टाइनमा बस्नुहुने छ, समुदायले पनि उहाँहरुलाई हेला नगर्नुहुन विनम्र अनुरोध गर्दछु ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया