संक्रमित पाँचै जनाका आफन्त र परिवार सबैको रिपोर्ट नेगेटिभ, कसैलाई पनि भेटिएन संक्रमण

४ बर्ष अगाडि

नेपालमा कोरोना संक्रमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमण भेटिएका विरामीका आफन्त र परिवारमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

‘संक्रमितहरु फेला परेपछि उहाँहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा हामीले गरको परिक्षणको क्रममा सबै रिपोर्ट नेगेटिभ आएका छन्’, उनले भने । 

नेपालमा अहिलेसम्म ५ नजामा कोरोना भाइरस संक्रमण भेटिएको छ । माघ ९ गते पत्ता लागेका एकजना भने निको भएर घर फर्किसकेका छन् । काठमाडौं, धादिङ्ग, कञ्चनपुर र वाग्लुङ्गका ४ जना विरामी उपचाररत छन् । 

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले नेपालमा अहिलेसम्म एकव्यक्तिबाट अर्कोमा र एक गाउँ वा समुदायबाट अर्कोमा फैलिने अवस्था नभएको बताए । 

त्यसैले त्रसित नहुन र सुरक्षा तथा सचेतना अपनाउन मन्त्रालयले जनतालाई आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया