नआत्तिनुस्, यो रुघाखोकी लाग्ने समय पनि हो

४ बर्ष अगाडि

- खिमराज अधिकारी

कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीकाे रूप लिएपछि अहिले विश्वका मानिसहरू त्रसित छन् । नेपालमा पनि काेराेनाका बिरामीहरू देखिन थालेकाेले डर नमान्ने कुरै भएन । 

काेराेनाका लक्षण रूघाखाेकी पनि भएकाे भन्ने हल्लाले गर्दा मानिसहरू नाक चिसाे हुँदा वित्तिके डराउने अवस्था छ । तर याे विलकुल गलत हाे ।

किनकी एक त काेराेना भाइरसकाे लक्षण सिँगान बग्नेगरी रूघाखाेकी लाग्ने हाेइन । अर्काेतिर अहिले माैसम परिवर्तनकाे पनि समय भएकाेले रूघाखाेकी लाग्नु सामान्य हाे । 

के हाे रूघाखाेकी ः

रूघाखाेकी मौसम फेरबदल हुँदा अर्थात ऋतु परिवर्तन हुँदा शारिरिक र बाहिरी तापक्रमको सन्तुलन नमिल्दा , नमिलाउदा लाग्न सक्छ । 

रुघाखोकी अतिछिटो सर्ने तिब्र किसिमको सक्रामक रोग हो ।

याे अधिकांशमा देखिने समस्या हो । जस्ले टाउको दुख्ने ,नाकको दुबै तर्फ सुनिने, pharnyx, स्वरयन्त्र, स्वासनलि र साहायकनलिहरु पनि केहि मात्रामा सुनिने हुन्छ ।

यो सरुवा रोग भन्दा अति नै सामान्य सरुवा रोग अन्तरगत पर्दछ । रुघाखोकी बिस्वव्यापी रूपमा फैलिने सामान्य सरुवा रोग हो ।

रूघाखाेकी भिटामिन ए ,डि ,आइरनकाे कमि वंशानुगत र सक्रमणको कारण उत्पन्न हुन सक्छ।

नेपालीहरुको हकमा बढी धुलो, धुवाँ , सौर्यको एलर्जी  र खानपान बाट रुघाखोकी लागेको पाइन्छ । कसैकसैलाइ हरेक महिना त कसैलाई बर्षको २/३ पटक सताएको नै हुन्छ ।

उचित आराम गरेको खण्डमा २ देखि ७ दिन भित्रमा आफै निको हुने गर्दछ । यदि यस्लाइ बेवास्ता गरियो भने विभिन्न प्रकारका जटिलता आउन सक्दछन ।

जस्तै निमाेनिया, लहरेखोकी, पिनास आदि । सानो हेलचेक्राइको कारणले समयमानै उपचार गराइएन भने विभिन्न किसिमका ब्याक्टेरियाले (Sinusitis,Otitis Media ,Laryngitis,Tracheitis ,bronchitis) को दीर्घकालीन रोगी हुने सम्भावना रहन्छ ।

रुघाखोकी लागेका बिरामीहरु सेल्फ क्वारेन्टाइनमा बस्ने र पुर्ण रूपमा आराम गर्ने हुँदा छिटो निको हुन्छ अन्यथा यसकाे समय लम्बिनुका साथै ब्याक्ति कमजोर र अल्छि हुनाले नियमित कार्य प्रभावित हुने गर्दछ।

फलस्वरूप कार्यक्षमता घट्दै गएर विभिन्न किसिमका क्षतीको सामना गर्नु पर्दछ । यसरी एक ब्याक्तीले उठाएको क्षतिलाइ राष्ट्रिय क्षतीको रूपमा लिन सकिन्छ जस्तै अहिले बिश्वमा मानव जातिलाइ संकटको रूपमा रहेको कोरोना भाइरस (कोभिड १९) ।

रुघाखोकीले प्रत्येक उमेर लिङ्गका ब्याक्तीलाई सताउने गर्दछ तर ५ बर्ष मुनिका बालबालिका र ७० बर्ष माथीका वृद्धबृद्दा लाई यस्ले छिटो सक्रमण गर्दछ ।

बिकशित देशहरुले रुघाखोकीलाई तीब्र सक्रमणको रुपमा लिए पनि कोरोना अर्थात कोभिड १९ को रोकथाम गर्न सकेका छैनन् । प्रयास भने जारी राखेका छन ।

रुघाखोकी अति शुस्म Filterable Virus द्वारा लाग्ने गर्दछ । भाइरस विभिन्न किसिमका भए पनि एकैनास तरिकाले लक्षणहरु देखाउदछन । सफा भै नबस्नु , वातावरणीय परिवर्तन, धुलोका कणहरु , अधिक हावाहुरि, बढी भिडभाड , मौसम अनुसारको पहिरन नहुनु , खानेकुरा स्वस्थ नहुनु आदि कारण रुघाखोकीका सहयोगी हुन सक्दछन ।

Droplet Infection को माध्यमबाट एक ब्याक्ती बाट अर्को ब्याक्तीमा सर्ने सरुवा रोग सार्नमा प्रत्येक्ष सम्पर्कको ब्याक्ति बाहक को रूपमा प्रधान भुमिकामा रहन्छ ।

रोग जन्यबिशक्त जिबाणु धुलोका कणमिश्रित भएपछि हाबामा घन्टौं सम्म जिवित रहन्छन ।फलस्वरूप हाबाको माध्यमबाट आफ्नो एरिया वरिपरिका मानिसलाई समेत सक्रमित तुल्याउन सक्छ ।

संक्रमित मानिसले प्रयोगमा ल्याएका सामाग्रीबाट, चर्फीबाट पनि उत्सर्जित हुने हुँदा रुघाखोकी लाग्दा घर भित्र बस्नु अति नै उपयोगी मानिन्छ । रुघाखोकी लागेका ब्याक्तीले प्रयोगमा ल्याएका सामाग्री स्टेरिलाइजेसन गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ । लत्ताकपडा घाम सुकाएर, हात, सौचालय लगायतमा सेनिटाइजर प्रयोग गरेर आदि ।

हाल सम्म पनि कुनै औषधिसमेत छैन ।ब्यापारीक प्रयोजन नाम अनुसारका औषधि त पाइन्छन् तर यस्को जथाभावी प्रयोगले शरीरलाई हानी गर्दछ । Vicks Vaporub ( नाक घाँटी छाती र पिठ्युँ ) गर्दा छिटो निको हुने गर्दछ । खास भन्ने हो भने रुघाखोकीको औषधि रोगिले बताएका लक्षणका आधारमा निर्भर हुने भएकाले चिकित्सक सँग परामर्श लिनु उत्तम मानिन्छ । (इवन मेडिकल सेन्टर काठमाडौ)

४ बर्ष अगाडि

प्रतिक्रिया