ट्राभल एजेण्टहरुसँग विदेशबाट जहाजमा आउनेहरुको विवरण माग

४ बर्ष अगाडि

ट्राभल एजेन्टहरुको छाता संगठन नाट्टा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ट्राभल एजेन्टहरुको छाता संगठन नाट्टा विदेशबाट जहाजमा आएका यात्रुहरुको विवरण मागेको छ । 

विदेशबाट आएकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नाट्टाले उनीहरुले यात्रा गरेको जहाजमा आएका अन्यलाई सम्पर्कमा ल्याउन यात्रुहरुको विस्तृत विवरण मागेको हो । 

नाट्टाका अध्यक्ष अचुत गुरागाईंले संक्रमित यात्रुहरुसँग यात्रा गर्ने अरु यात्रुहरुमा पनि उक्त भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै यात्रुहरुको विवरण मागेको हो । 

‘उहाँहरु कुनै पनि ट्राभल एजेन्टसहरुमार्फत टिकट काटेर नेपाल आउनुभएको हो भने उहाँहरुलाई सम्पर्कमा आउन र यात्रुहरुको विस्तृत विवरण नाट्टामा पठाई सम्बन्धित ठाउँमा पुर्‍याउनका निम्ति सहयोग गर्न सम्पूर्ण सदस्यहरुलाई परिपत्र जारी गरिएको छ ’, उनले भने । 

कोरोनाका कारण विश्व अर्थतन्त्रमै देखा पर्न थालेको नकारात्मक असरबाट नेपाल र नेपालको पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन थालेको अवस्थाप्रति नाट्टाले दुःख व्यक्त गरेको छ । 

नाट्टाले यस विषम परिस्थितिमा राज्यद्वारा जारी निर्देशन पालना गर्नु तथा राज्यलाई सहायता गर्नु नागरिकको दायित्व रहने भन्दै लकडाउनको पालनाका लागि अनुरोध गरेको छ । नाट्टाले कोभिड १९ को संक्रमण फैलिन नदिनका विदेशबाट आएका र आफूलाई शंका लागेकालाई सेल्फ क्‍वारेन्टाइनमा बस्न पनि अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया