कोरोना भाइरसकै कारण भ्रमण बर्ष स्थगित गर्ने सरकारको घोषणा, अब के हुन्छ ?

४ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिए पछि नेपाल भ्रमण बर्ष २०२० स्थगित गरिएको छ । सरकारले केही समय पहिला भ्रमण बर्ष सम्बन्धी विदेशमा गरिने कार्यक्रम मात्र स्थगित गरेको थियो । भम्रण बर्ष स्थगित गर्ने हल्ला चलाइएपनि औपचारिक रुपमा निर्णय भएको थिएन । तर, कोरोना भाइरसले भयावह स्थिती ल्याएपछि अन्ततः सरकार औपचारिक रुपमै यस्ता निर्णय गर्न बाध्य भएको हो । 

गत चैत ९ गते यस्तो निर्णय गरिएको बताइएको छ । साथै, आगमी बैशाख १ गतेबाट भ्रमण बर्षको सचिवालय समेत विघटन गर्ने बताइएको छ । नेपालले २०२० को सुरुदेखि नै भ्रमण बर्ष मनाइरहेको थियो । यसका लागि सरकारले ठुलो रकम लगानी पनि गरेको छ । तर, कोरोना भाइरसका कारण भ्रमण बर्ष स्थगित हुन पुगेको छ । सरकारले यो बर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । 

सन् २०१९ को अन्त्यमा चीनमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा फैलिएको छ । जसले नेपालमो भ्रमण बर्ष मात्र नभएर समग्र अर्थतन्त्र लाई प्रभावित बनाएको छ । 
भ्रमण बर्ष स्थगनसँगै सरकराले अब भ्रमण दशक मनाउन तयारी पनि गरेको छ । तर, बिशेष गरि एउटा बर्षलाई भ्रमण बर्षको रुपमा घोषण नगर्ने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया