कोरोनाविरुद्ध लड्न करारमा स्वास्थ्यकर्मी लिइने

४ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ । कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा सङ्घीय सरकारबाट प्राप्त स्वास्थ्य साम्रगी हस्तान्तण गर्न आज मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताए ।
 
अझै सशक्तरुपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार भएर बसेका जनशक्तिलाई करार भर्ना गर्ने उनको भनाइ छ । स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोेगी समिति गठन गर्ने उल्लेख गर्दै उनले सो समितिले शङ्कास्पद बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने बताए । 

कर्णाली प्रदेशका १० वटै जिल्लामा जहाँ बिरामी भेटिन्छ त्यही उपचार गरेर ठीक पार्ने रणनीति लिएको छ । “जुन घरमा, जुन टोलमा, जुनगाउँ वडामा रोग फैलिन्छ त्यही सम्पूर्ण जनशक्ति केन्द्रीत गरेर ठीक पार्ने योजनाका साथ कर्णाली प्रदेश सरकार लागेको छ”, मुख्यमन्त्री शाहीले भने । ग्रामीण भेग यातायतको पुहँच नपुगेका स्थानबाट शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न परेमा हेलिकप्टरको प्रयोग गरिने उनले जानकारी दिए ।

कोराना भाइरसको युद्ध लडिरहेका बेला कर्मचारीलाई हारमानी पछि नहट्न मुख्यमन्त्री शाहीले आग्रह गरेका छन । शाहीले भाइरसविरुद्ध लड्ने स्वास्थ्य कर्मचारीलाई सतप्रतिशत तलब बढाउने र  सुरक्षाकर्मीलाई ५० प्रतिशत तथ तलब उपलब्ध गराउने बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया