कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४१ हजार भन्दा बढी

४ बर्ष अगाडि

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरको शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ४१ हजार २३८ को मृत्यु भइसकेको छ । हालसम्म विश्वभरि कोरोना भाइरसको संक्रमितको संख्या ८ लाख ३७ हजार १६ पुगेको छ ।

अमेरिका कारोना भाइरसको सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । अमेरिकामा हालसम्म १ लाख ७६ हजार ५१८ व्यक्ति संक्रमित रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म संयुक्त राष्ट्र अमेरिकामा ३ हजार ४३१ ज्यान गुमाएका छन  ।

इटलीमा कारोना भाइरसको अवस्था भयावह रहेको छ ।  इटालीमा एकै दिनमा ८३७ को ज्यान गएको छ । भने हालसम्म १२ हजार ४२८  नागरिकको मृत्यु भइसकेको छ र संक्रमितको संख्या १ लाख ५ हजार ७९२पुगेको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ८ हजार २६९ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ९४ हजार ४१७ पुगेका छन् । यहाँ १९ हजार २५९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । स्पेनमा आज मात्रै ५५३ व्यक्तिले ज्यान गुमाइका छन् ।

यस्तै फ्रान्समा पनि एकै दिनमा ४९९ जनाको मृत्यु भएको छ । फ्रान्समा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५२३ र संक्रमितको संख्या ५२ हजार १२८ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया