नेपालमा कोरोना भाइरसकाे ज्याेतिषशास्त्र

३ बर्ष अगाडि

            प्रीति आत्रेय ज्ञवाली

अहिले कोरोना भाइरससम्बन्धी विभित्र क्षेत्रका व्यक्तिहरूबाट विविध मतमतान्तर आइरहेका छन् । मैले पनि ज्योतिषीय दृष्टिकोणको आधारमा यहाँ केही कुरा भन्ने जमर्को गरेकी छु । ज्योतिषमा विश्वास गर्ने/नगर्ने यहाँका आप्नै विचारधारा होलान् । हुन त ज्योतिषीय मतका आधारमा कुुनै रोग निर्मूल पार्ने पनि होइन, त्यसका लागि ओखतीको सेवन गर्नुपर्छ । यसले आप्ना गणनाका आधारमा यस्तो–यस्तो छ है भनेर सजगता दर्शाउने अर्थात् मार्गदर्शन गर्ने हो । कर्म गर्ने हामी आफैँले हो र फल प्राप्तिका लागि कर्म त गर्नै पर्छ ।

अब लागौँ विषयवस्तुतिर, आगामी वैशाख १ गते सूर्य मेष राशीमा प्रवेश गर्छ । वैशाखदेखि चैत्र महिनासम्मका १२ राशीमध्ये वैशाखमा सूूर्य उच्च हुुन्छ भने कार्तिकमा नीच हुुन्छ । सूर्य उच्च हुुनु भनेको सूर्यको तेज बढ्नु हो । तेज बढी हुनु भनेको बढी तातो हुनु हो । कोरोना भाइरस बढी तातोमा पैmलिन र संक्रमित हुुन पाउँदैन भन्ने कुरा त हामीले सुनी नै राखेका छौँ । त्यस अर्थमा पनि २०७७ साल वैशाख १ गतेदेखि कोरोनाको प्रभाव कम हुँदै जानेछ । त्यतिन्जेलसम्म हामीले एकान्तवासमा रही शतप्रतिशत सतर्कता अपनाउनै पर्छ ।

अर्को प्रमुख कारण के पनि छ भने, हाम्रो देश नेपालको राशीअनुसार वृश्चिक राशी हुन्छ । यसरी नेपालको वैशाख महिनाको मासिक राशिफलको गणना गर्दा पनि छैटौँ स्थानमा मेषको सूर्य बसेको छ । छैटौँ स्थानलाई शत्रु, रोग, पीडा, मानसिक अशान्ति, भय इत्यादि कुराको कारक मानिन्छ । छैटौँ स्थानमा सूर्यको अवस्थिति हुनु गोचरका हिसाबले शुभ मानिन्छ । अर्थात् रोग नाश, शत्रुु नाश, भय नाश गरी मन शान्ति गराउँछ । (षष्ठेक्र्को हन्ति रोगान् क्षपयति च रिपूून् शोकांश्च नुदति) –बृहत्संहिता, ग्रहगोचराध्यायः ।

यसअनुसार देशमा महामारी कम हुँदै जाने र जनताको रोग प्रतिरोधात्मक क्षमता बढ्ने, मनोबल बढ्ने, काममा जाँगर बढ्ने, शरीर स्वतस्फूर्त हुनुका साथै मन पनि प्रसन्न हुन्छ । यस अर्थमा पनि वैशाख महिना हाम्रो देश र देशवासीका लागि अवश्य शुुभ साबित हुुन सक्छ । त्यसै गरी सरकारबाट पनि रोग रोकथामका लागि विभिन्न कार्यमा पहल हुुनेछ । मित्र राष्ट्रहरूबाट पनि अपेक्षित सहयोग प्राप्त हुनेछ । नेताहरूबाट जनताको मन जित्ने कार्य गर्ने प्रयास हुुनेछ । यसो हुुनका लागि हामी सबैले स्वस्थ एवं सदाचारमा रही दूरी कायम गर्दै नियम र कानुनको पालना गर्नु पनि त्यति नै जरुरी छ ।

नेपाल साढेसातीको चपेटाबाट मुक्त भए पनि शनि वक्री हुन जाँदा साउन महिनादेखि फेरि अन्त्य साढेसाती शुरु भएर मंसीरसम्म चल्ने भएकोले जनताको मनमा कोरोनाको त्रास हट्न केही समय लाग्नेछ । त्यस्तो महामारीकोे डर नभए पनि बेला–बेलामा मंसीर महिनासम्म छिट्पुट देखिन सक्छ । केही समयसम्म सावधानी अपनाई सुरक्षित रहनुपर्ने देखिन्छ । पुस महिनासम्ममा नेपाल कोरोनामुक्त हुनेछ ।

जगल्लग्न कुण्डली पनि वृश्चिक लग्नमै रहेकोले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस विश्वका अन्य देशहरूमा पनि वैशाख महिना लागेलगत्तै नियन्त्रणतर्पm उन्मुख हुनेछन् । साउनसम्ममा ओखती पत्ता लागी धेरैले राहत महसुस गर्नेछन् । सबैजनाले आ–आप्नो कार्य द्रुतगतिमा सावधानी अपनाउँदै सुचारुरूपले गर्दै जाने हो भने समग्र विश्व नै पुस महिनासम्ममै कोरोना भाइरस नामक व्याधिबाट निर्मूल हुनेछ ।
(लेखिका आत्रेय फलित ज्योतिषाचार्य हुन्।)

३ बर्ष अगाडि

प्रतिक्रिया