अबदेखि काठमाडौंमा भरि सिलिण्डरमै चाहेजति ग्याँस पाइने भएको छ । उपत्यकामा हुनेहरुले आफूलाई पुग्ने ग्याँस जम्मा गरेर राखेपछि ग्याँस बिक्री हुन छाडेकोले नेपाल आयल निगमले भरी सिलिण्डर ग्याँस बिक्री शुरु गरेको हो ।
कोरोना भाइरसको संक्रमण पछि ग्याँसको अभाव हुन सक्ने भएकोले निगमले आधा सिलिण्डर ग्याँस दिन थालेको थियो । तर धेरै ग्याँस खपत हुने होटलहरु बन्द भएको, कतिपय मानिसहरु उपत्यका छाडेर बाहिर गएको र काठमाडौं बस्नेहरुले पनि आवस्यकता अनुसार ग्याँस लिएपछि ग्याँसको माग अत्यधिक घटेको छ ।
ग्याँसको माग घटेकोले अबदेखि भरी सिलिण्डर ग्याँस दिने र आवस्यकता अनुसार नै पाइने निगमले जनाएको छ ।
ग्यास बिक्रेता महासंघले शुक्रबार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई तत्काल भरी सिलिण्डर नै ग्यास बिक्रीको व्यवस्था गर्न माग गरेका थिए ।
नाकाबन्दीको बेला ग्याँस नपाएर समस्या भोगेका काठमाडौंका उपभोक्ताले कोरोना संक्रमणका कारण लकडाउन हुने हल्ला चल्नेवित्तिकै धमाधम नयाँ सिलिण्डर नै किनेर राखेका थिए । जसका कारण काठामाडौमा ग्यासको माग ह्वातै बढेपछि को उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफै अनुगमनमा निस्किएका थिए।
त्यसपछि नेपाल आयल निगम र उद्योगीहरुसँग छलफल गरेर आधा सिलिण्डर ग्याँस बिक्री शुरु भएको थियो । आधा सिलिण्डर ल्याएर अभाव हटाउने योजना दुई सातामै सफल भयो ।
तर ग्याँस उद्योगमा भने बुलेटहरु खाली हुन सकेका छैनन् ।
अहिले निगमले बजारमा दैनिक जसो नै एक लाख ३० हजार सिलिण्डर ग्यास पठाएको छ । देशभर कूल १ करोड २० लाख सिलिण्डर रहेकोमा काठमाडौँ उपत्यकालाई समान्य अवस्थामा दैनिक ४० हजार सिलिण्डर जरुरी पर्छ ।
तर अहिे भारतबाट माग भन्दा बढी ग्याँस आएपछि काठमाडौं उपत्यकामा अहिले भने ग्यास बिक्री हुन छाडेको छ।
अहिले कुनै डिलरले ५० सिलिण्डर ग्यास माग्दा ७० सिलिण्डर पठाइरहेको र उद्योगको भण्डारण पनि भरिन थालेकोले बुलेट थन्क्याउने परिस्थिति आएको ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष एवं एभरेष्ट ग्यासका संचालक शिवप्रसाद घिमिरेले बताए ।
आयल निगमको टेकुमा रहेको बिक्री कक्षमा ६ दिनमा ६ सय ३२ सिलिण्डर मात्रै बिक्री हुने गरेको छ । त्यहाँ २२ वटा उद्योगको ग्यास बिक्रीका लागि राखिएको छ।
भारतले १५ दिनको अवधिमा १५ हजार टन ग्यास दिने प्रतिबद्धता जनाएको अब ग्याँसको अभाव नहुने निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल ग्यास अभाव हटेको बताउँदै आधा सिलिण्डरको बारेमा सबै सिलिण्डरको विवरण हेरेर मात्रै निर्णय गरिने बताउँछन्।
प्रतिक्रिया