कोराना भाइरस :  मुम्बईको एक अस्पतालमा २६ नर्स र तीन डक्टर कोरोना संक्रमित

४ बर्ष अगाडि

भारतमा कोरोना भाइरस संक्रमण र यसका कारण हुने मृत्युको संख्या  निरन्तर बृद्धि भइरहेको छ । भारतमा हालसम्म संक्रमित बिरामीहरुको संख्या ४ हजार ६९३ पुगेको छ र १२९ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा बढी कोरोना भाइरस संकंमित बिरामीहरु भेटिएका छन् । मुम्बईको एक अस्पतालमा २६ नर्स र तीन डाक्टरहरु कोरोना पोजेटिभ भेटिएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषित गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार १२० वटा नयाँ घटनाहरू आएका छन् र यसै गरी राज्यमा संक्रमित व्यक्तिको कुल संख्या साँझ ७ बजेसम्म ८६८ पुगेको छ ।

हालसम्म महाराष्ट्र राज्यमा कोरोना संक्रमणको कारण ४५ जना व्यक्तिको मृत्यु भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया