शेयर बजारमा सबैभन्दा ठूलो कारोबार गरेर इतिहास रचेको वर्ष २०७६

४ बर्ष अगाडि

२०७६ साल फागुन १८ गते नेपालको शेयर बजारमा एकै दिन रु. ४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार भयो । सो दिन नेपालमा शेयर कारोबार शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो कारोबार हो । 

त्यसैले वर्ष २०७६ शेयर कारोबार रकममा इतिहास रचेको वर्षका रुपमा इतिहासमा दर्ज भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उच्च कारोबारको यो इतिहास रचेको  उक्त दिन १८३ कम्पनीको शेयर कारोबार भएको थियो भने नेप्से परिसूचक १ हजार ५९१ दशमलव ३६ विन्दुमा पुगेको थियो । 

कारोबार रकमले इतिहास रचेको दिनभन्दा अघिल्लो कारोबार दिन फागुन १५ गते यस वर्षकै उच्च विन्दु १ हजार ६३२ दशमलव १७ नेप्सेले कायम गरेको थियो । नेप्सेले यस वर्षको उच्च विन्दु कायम गरेको दिन १८० कम्पनीको रु। ४ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको थियो । 

विगत तीन वर्षदेखि घट्दो क्रममा रहेको बजार गत मंसिर १० गते १ हजार १०९ दशमलव १६ विन्दुसम्म झरेको थियो ।

नेप्सेको हालसम्मकै न्यून यो विन्दु पनि यहि वर्ष कायम भयो । विसं २०७३ साउन १२ गते नेप्सेले हालसम्मकै उच्च विन्दु १ हजार ८८१ दशमलव ४५ विन्दु कायम गरेको थियो । 

कारोबार शुरु भएपछि सबैभन्दा धेरै पटक सेयर कारोबार बन्द हुने दिन पनि यो वर्ष नै भयो । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत १० गतेदेखि नेपालको शेयरबजार बन्द छ । 

कोरोना संक्रमणबट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाले गर्दा ९८ प्रतिशतभन्दा बढी लगानीकर्ता ब्रोकर अफिसमै धाएर कारोबार गर्ने हुदाँ भिडभाड हुने भन्दै शेयर कारोबार बन्द गर्नुपरेको थियो । यद्यपि शेयर कारोबार बन्द भएको भोलिपल्ट चैत ११ गते देखिनै सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउन गरेको थियो ।

नेप्सेले ब्रोकर लाईसेन्सको विषयमा सभासद रामकुमारी झाक्रीको नेतृत्व टोलीले विगत लामो समयदेखि अध्ययन गरिरहेको छ ।

यसै वर्ष नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । भिष्मराज ढुङ्गानाको नेतृत्वले शेयर बजारलाई अझ निखार्ने आशा यस क्षेत्रसँग सम्बन्धित सबै पक्षले गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया