के हाे महिलाहरूकाे 'प्लान बी’ र काे हुन ती साथी ?

४ बर्ष अगाडि

आजकाल यदाकदा महिलाहरुको ‘प्लान बी’ को विषयमा समाजमा गाईँगुई सुन्ने गरिन्छ । तर धेरैलाई थाहा छैन महिलाहरुको त्यो प्लानका बारे । तर डेलीमेलले गरेको एक अध्ययनयले प्लान बी को बारेमा अचम्मको तथ्यांक सार्वजनिक गरेको छ । 

डेलिमेलले गरेकाे अध्ययन अनुसार आधाभन्दा धेरै महिलाहरुको ‘ब्याकअप पार्टनर’ हुन्छन्, जुन प्रायःले आफ्नो भावना सुनाउन र श्रीमानले समय नदिएको खण्डमा विकल्पकाे रूपमा रहेकाे हुन्छ । कतिपय धेरै विवाहित महिलाहरुले आफ्नो दिमागमा ब्रेकअप भयो भने त्यसपछिको सम्बन्धको लागि ‘ब्याकअप पार्टनर’को बारेमा सोच्ने गरेका छन् ।

त्यही तयारी नै ‘प्लान बी’ काे रूपमा रहेकाे डेलिमेलले खुलासा गरेकाे छ । अध्ययन अनुसार घरमा श्रीमती छाडेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको जस्तै  आधाभन्दा धेरै महिलाहरुले चलिरहेको सम्बन्ध बाहेक पनि छुट्टै सम्बन्धको योजना बनाउने गरेका छन् ।

विभिन्न देशका शहरहरुमा गरेको अध्ययनपछि तयार पारेको रिपोर्ट  अनुसार सम्बन्धमा रहेका महिलाहरु पनि पुरूषले जस्तै आफ्नो भावना साझेदार गर्न र यदि श्रीमानले धोका दिएको अवस्थाका लागि भनेर त्यस्ता ‘ब्याकअप पार्टनर’ राख्ने गरेकाे बताइएकाे छ । 

झण्डै एक हजार महिलामा गरिएको यो अध्ययनका क्रममा धेरैले आफ्नो भावना सुनाउन र सहयोग माग्नको लागि ‘प्लान बी’ साथीहरु बनाउने गरेको सुनाए । त्यस्तै, अध्ययनमा संलग्नमध्ये ४० प्रतिशतले उनीहरुसँगको कुराकानीबारे परिवारमा समेत जानकार रहेको बताए । यद्यपि परिवारकाले ‘ब्याकअप पार्टनर’को रुपमा नभई पुरानो साथीको रुपमा चिन्ने गर्छन् ।

सो अध्ययनले भन्छ, ‘प्रायः आधा महिलाले हालको पार्टनरबाट अलग भएमा ब्याक अप योजना बनाएका हुन्छन् । यसले मूलतः यो संकेत गर्दछ कि एक महिलाको मनमा अर्को मानिस छ । उसको योजना-२ को रूपमा ‘ब्याकअप पार्टनर’ रहेको घटना वास्तवमा विवाहित महिलाहरुमा बढी देखिन्छ ।’

ब्याकअप पार्टनर प्रायः एक पुरानो साथी हो । जसले महिलाहरुको मनलाई भावनात्मक रुपमा जितेको हुन्छ । नजिक हुँदा श्रीमान्सँग केही असामन्जस्यता हुनसक्छ । त्यस्तो बेलामा गुनासो पनि महिलाहरुले तिनै ‘प्लान-बी’लाई सुनाउने गर्छ । ती पार्टनरले उनीहरुको पीडा सुन्ने गर्छन् । सर्वेक्षणमा उपस्थित भएका मध्ये धेरैले विवाहको ५/७ वर्षपछिदेखि यस्तो योजना बनाउन सुरु गरेको बताए । यसैबीच, १० मध्ये एक महिलाले उनीहरुको प्लान-बी पार्टनरहरुले आफ्नो भावना स्वीकार गरिसकेको समेत जनाएका छन् ।

दशमध्ये चारभन्दा बढी महिलाले अर्को सम्बन्धको बारेमा सम्बन्धित अर्को पुरुष वा प्लान-बी परिचित थिए । केही महिलाहरुले भने आफ्नो भावना श्रीमानसँग भन्दा आफ्नो ‘ब्याकअप पार्टनर’सँग बढी हुने गरेको बताए । सो अध्ययन अनुसार करिब १२ प्रतिशत महिलाले ‘प्लान-बी’प्रति उनीहरूको भावना हालको पार्टनरसँग भन्दा बलियो रहेको बताए ।

अचम्मको कुरा त के छ भने धेरै महिलाको ब्याकअप पार्टनर श्रीमानका साथीहरु समेत छन् । यसको अर्थ आफ्नो श्रीमान्को साथीसँग धेरैको मन बस्ने गरेको छ । तर, केही यस्ता महिलाहरु पनि अध्ययनको क्रममा भेटिए जसले आफ्नो प्लान बीसँगको योजना पूरा हुनको लागि यताको घर बिग्रन्छ कि ? भन्ने बारेमा चिन्ता पनि जाहेर गरे ।

“घाँस जहिलै पनि हरियो हुँदैन’ भन्ने एक उक्ति जस्तै महिलाहरु पनि सधैं र सबै पतिव्रता नै हुन्छन् भनेर ढुक्क हुन सक्ने अवस्था नरहेको यो अध्ययनको निष्कर्ष हो । जसरी पुरुषहरुले महिलाहरुलाई देख्नेबित्तिकै घरमा श्रीमती भएपनि मन पराउने गर्दछन् । त्यसैगरी महिलाहरुले पनि आफ्नो ‘ब्याकअप पार्टनर’ राख्ने कुरा यो अध्ययनले देखाएको छ ।

त्यसमा पनि घरमा समय नदिने, समय समयमा बाहिर घुमाउन नलैजाने श्रीमान्का श्रीमतीहरु धेरै व्याकअप पार्टनरतिर ध्यान केन्द्रित गर्ने गरेको भेटिएको छ । अहिले त झनै यसमा पनि सजिलो भएको छ । फेसबुक ट्वीटर आदिका कारण सम्पर्कको लागि सहज भएको छ । यसमा आफ्नो स्कूल क्याम्पस पढ्दाको पुरानो साथीसँग पनि सम्पर्क हुन सजिलो भएको छ । त्यसले गर्दा पनि यस्तो व्यवहार धेरै हुने गरेको निष्कर्ष छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया