कियाले लकडाउन अबधिमा वारेन्टी सकिएका गाडिको लकडाउनपछि मर्मत गरिदिने

३ बर्ष अगाडि

कोरियाली अटो निर्माता कियाले नेपालमा लकडाउन अबधिमा वारेन्टी सकिएका कियाका गाडि लकडाउनपछि पनि मर्मत गरिदिने भएको छ । 

कोभिड–१९ का कारण कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्षित गरी किया प्रोमिस नामको योजना ल्याएको छ । 

यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको हो ।

कोभिड–१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै संसारका अधिकांश मुलुकका व्यावसायिक प्रतिष्ठानहरु बन्द छन् । लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका शोरुम र सर्भिस सेन्टरहरु पनि बन्द छन् ।

त्यसैले ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको हो । यसले ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ ।

उल्लेखित अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र यो अफर लागू हुने कम्पनीको भनाइ छ ।

‘यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया