हाम्रै नेपालमा : लुकीछिपी जथाभावी पैसा फ्याक्ने दुई जना महिला पक्राउ

४ बर्ष अगाडि

महामारी कोरोनाको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फ्याल्ने दुई जना महिला पक्राउ परेका छन् ।

जनकपुरधाममा पैसा छरेर भागेकी दुई जनाको महिलाको हुलिया सार्वजनिक गरेको १२ घण्टा नवित्दै ति महिलाहरुलाई प्रहरीले पक्राउ गरेका हुन् ।

जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा १० रुपैयाँको नोटको विटो छरिरहेको अवस्थामा स्थानीयवासीले हल्ला गर्न थालेपछि भागेकी ति दुई जना महिलालाई आज प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने आमुना खातुन र अलिना खातुन रहेकी छन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।

जानकी मन्दिरको पछाडीमा रहेको मदरसा छेउबाट ति दुवैजना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसार मिलेको भन्दै स्थानियवासकै सहयोगमा ति दुवै महिला पक्राउ परेको जनाए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया