पैदलै घर जान हिँडेकाहरु बसमा सरर, बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेतका यात्रु पठाइयाे

४ बर्ष अगाडि

काठमाडौंबाट पैदलै घरतर्फ जान हिँडेका जनता आजदेखि बस चढेर सरर आफ्नो घर जान पाउने भएका छन् । हिँडेर थानकोटसम्म पुगेकाहरुलाई शनिबार बेलुका बस चढाएर पठाउन थालिएको हो । 

सयौँ श्रमिक तथा सर्वसाधारण हप्ता दिनभन्दा धेरैको यात्रा गरेर घर पुगेको र कैयाँै सडकमा अलपत्र परेपछि चौतर्फी आलोचना भएको थियो ।

त्यसपछि हिँजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले  पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्ने विषयमा मन्त्रीहरुसँग छलफल गरेका थिए । 

त्यसपछि चन्द्रागिरी नगरपालिकाले यात्रुहरुलाई क्याम्प खडा गरि खाना खुवाएर राखेको थियो । काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा राखिएका उनीहरुलाई आज बेलुकादेखि बस चढाएर गन्तव्यतर्फ पठाउन शुरु गरिएको हो । 

करिव तीन सयको संख्यामा रहेका उनीहरुमध्ये धेरै बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेतका छन् । 

शुरुमा ५ वटा बसमा ती जिल्लाका यात्रुलाई पठाएपछि अन्य यात्रुलाई पनि पठाईने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया