चीनको एउटा क्लवले विश्वकै सबैभन्दा ठूलो फूटबल रंगशाला बनाउने, १ अर्ब ७० करोड डलर लागत लाग्ने अनुमान

४ बर्ष अगाडि

चीनमा विश्वकै सबैभन्दा ठूलो फूटवल रंगशाला बन्ने भएको छ । चीनको शीर्ष फुटबल लिग सुपर लिग खेल्ने क्लब गोन्जाओ एभरगार्डले विश्वकै सबैभन्दा ठूलो र सुविधासम्पन्न रंगशाला निर्माण कार्यको थालनी गरेको हो । 

देशमा कोरोनाको असर क्रमशः घट्दै गएपछि क्लबले १ अर्ब ७० करोड डलरमा महत्त्वकांक्षी योजना सार्वजनिक गर्दै  विश्वकै ठूलो रंगशाला निर्माण कार्य थालेको हो ।

कूल १ लाख २३ हजार सिट क्षमताको सो रंगशालामा २ सय ६८ भिआइपी बक्स राखिने जनाइएको छ । 

सन् २०२२ सम्ममा निर्माण सक्ने लक्ष्य रहेको सो रंगशाला विश्वमै सबैभन्दा धेरै जग्गामा फैलिएर बन्ने र धेरै दर्शक अटने क्षमताको बन्ने दावी गरिएको छ ।  रंगशाला गुलाफ फूलको आकारमा बनाउन लागिएको क्लवले जनाएको छ ।

रंगशालाको डिजाइन गर्ने ईन्जिनियर अमेरिकी नागरिक हसन साएदले विश्वकै सबैभन्दा ठूलो रंगशाला बनाउन न्यूनतम पनि  १.६ विलियन पाउन्ड बजेट खर्च हुने अनुमान गरेका छन् । 

गोन्जाओ एभरगार्ड चीनको यसलाई सबैभन्दा धनी क्लब हो । उसले हालसम्म आठपटक चिनियाँ सुपर लिगको उपाधि र दुईपटक एएफसी च्याम्पियन्स लिग जितेको छ । जुन एक्लो चिनियाँ क्लब हो  ।  

विश्वमा कोरोना भाइरस संक्रमणले महामारीकाे रूप लिइरहेकाे बेला कोरोना फैलन शुरू गरेकाे चीनले भने संक्रमण नियन्त्रण गरेर चामत्कारिक विकास याेजना शुरू गरिसकेकाे छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया