कोरोनाका कारण पहिलो पटक रुसको मस्कोबाट काठमाडौं सिधा उडान

४ बर्ष अगाडि

 रसियाले नेपालमा रहेका आफ्ना १ सय ४३ जना नागरिकलाई चार्टर्ड विमानमार्फत स्वदेश लगेको छ । 

लकडाउनका कारण नेपालमा रोकिएका नागरिकको उद्धार गर्न   रोयल फ्लाई एयरलाइन्सको विमान मस्कोबाट सिधै काठमाडौं आएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । 

 बोइङ–७५७ विमान मस्कोदेखि काठमाडौं सिधा उडान गरेको यो पहिलो पटक भएको बताइएको छ । 

केही समय अगाडि मस्कोबाट देल्ली हुदैं रसियाको राष्ट्रिय ध्वजावहाक एरो फोटले काठमाडौंमा उडान भर्ने गथ्यो ।

४ बर्ष अगाडि

प्रतिक्रिया