अपहरणमा परेका भनिएका पूर्व स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादव काठमाडौंको मेरियट होटलबाट घेरा तोडेर भागेका छन् ।
समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले होटलमा प्रधानमन्त्रीले बनाएको घेरा तोडेर उनी भाग्न सफल भएको बताएका छन् ।
उनले आफ्नो व्यक्तिगत सुरक्षा अधिकारीलाई समेत छक्याएर भाग्न सफल भएको उनले बताएका छन् ।
आफू उनलाई लिएर सुरक्षित स्थानमा राख्न जान लागेको भन्दै उनले प्रधानमन्त्रीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।
बुधबार बेलुका ५ बजे यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याइएको समाजवादी पार्टीको आरोप छ ।
'पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर निस्कन सफल । केहीबेरमा सुरेन्द्र यादवलाई सुरक्षित स्थानमा राख्न उहाँलाई लिन म जाँदैछु । यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ । ओली गुन्डागर्दी हद भो, अब ओलीलाई विदा गरौं ', उनले लेखेका छन्।
उनलाई जनकपुरबाट लिन पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ काठमाडौंबाट जनकपुर पुगकाे उनकाे समाजवादी पार्टीले बताएकाे छ ।
साे पार्टीले उनलाई मन्त्री मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा काठमाडौ ल्याइएको पाण्डेले बताए ।
'पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ ३ जना काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा काठमाडौ ल्याइएको रहेछ', उनले भने, 'ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं ।'
प्रतिक्रिया