उच्चस्तरीय समितिकाे बैठक सकियाे , जेठ २ गतेसम्म हवाइ उडान बन्द

३ बर्ष अगाडि

नेपालमा आगामी जेठ २ गतेसम्म अन्तराष्ट्रिय र आन्तरिक सबै उडान बन्द हुने भएका छन् । 

आज बसकोे कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने । 

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ,’ प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने । 

३ बर्ष अगाडि

प्रतिक्रिया