इन्टरनेट बैंकिङ गर्नुहुन्छ ? चोरी होला है तपाईँको पासवर्ड

६ बर्ष अगाडि

काठमाडौँ । विज्ञान र प्रविधिले मानिसको दैनिक जीवन सहज बनेको छ । मानिसलाई सहजै रुपमा हरेक सेवा पनि दिएको छ । तपाईले स्मार्ट फोनमा नै अहिले सबै सेवा लिन सक्नुहुन्छ ।
 
प्रविधिले मानव मात्रका लागि दिएको सेवा र त्यसले पारेको प्रभाव उल्लेख्य छ । तर प्रविधिले सहजता सँगै धेरै जटिलता र आपराधिक गतिविधि गर्नेलाई पनि उस्तै सहज बनाइदिएको छ ।
 
संसारभर नै बैंक तथा वित्तीय संस्थाको स्वीफ्ट कोड प्रयोग गरेर ठूलो परिमाणमा पैसा चोरी भएको घटना सार्वजनिक भएको छ । पछिल्लो दिनमा भारतको पञ्जाव बैंकका भएको चोरी प्रकरणमा पनि प्रविधिको नै प्रयोग गरिएको पाइएको छ ।
 
पछिल्ला दिनहरुमा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रचलन अधिकरुपमा बढिरहेको छ । त्यो सँगै चोरीका घटना पनि उत्तिकै सार्वजनिक भएका छन् ।  विकसित मुलुकहरुमा पूर्ण रुपमा इन्टरनेट बैंकिङ सञ्चालनमा छ ।
 
नेपालमा पनि पछिल्लो दिनमा यसको प्रयोग बढ्दै गएको छ । नेपालमै पनि केही दिन पहिले एनआइसी एसियाको स्वीफ्ट कोड प्रयोग गरेर ६४ करोड बढी रकम चोरी गरिएको घटना सार्वजनिक भएको थियो ।
 
सजिलो र सहज हुने हुँदा अधिकांश मानिसहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेका हुन् । तर  इन्टरनेट बैंकिङमा आवश्यक पर्ने पासवर्ड र विभिन्न जानकारीहरु चोर्ने र त्यसबाट आपराधिक क्रियाकलाप गर्ने भाइरस र  मालवेयरको विकास आपराधिक गिरोहले गरेको जानकारी प्राप्त भएको छ ।
त्यस्ता भाइरस र मालवेयरले पासवर्ड मात्र नभई बैंकिङसँग सम्बन्धित सबै जानकारी, क्रेडिट कार्डको जानकारी तथा इन्टरनेट बैंकिङको पासवर्ड पनि चोरी गरेर एकै क्लिकमा बैंक तथा वित्तीय संस्थामा भएको तपाईको निक्षेप चोरी गर्न सक्छ ।
 
रोमानियन साइबर सेक्यूरिटी तथा एन्टी भाइरस कम्पनी बिटडिफेन्डरल हालै एउटा बैंकिङ मालवेयर तथा भाइरसबाट बैंकिङ प्रणालीमा हमला भइरहेको पत्ता लगाएको हो । उसले भनेको छ , त्यस्तो भाइरस र मालवेयरले इन्टरनेट बैंकिङ यूजरको पासवर्ड र जानकारी चोरी गर्दछ  र करोडपतिलाई उकै क्लिकमा सडकपति बनाइदिन्छ ।
 
अनुसन्धानकर्मीहरुले यसलाई टेरडट नाम दिएका छन् । जून पहिलो पटक सन् २०१६ मा पत्ता लगाईएको थियो । यो एउटा बैंकिङ ट्रोजन हो र त्यसले लगइन पासवर्ड चोरी गर्नका लागि तत्काल आक्रमण गर्ने गर्दछ । त्यसलाई रोक्नका लागि उपयुक्त सुरक्षात्मक प्रणाली विकास गर्नु जरुरी देखिएको छ ।
त्यस्तो भाइरस र मालवेयरले  पासवर्ड मात्र नभई बैंकिङसँग सम्बन्धित सबै जानकारी एकै क्लिकमा चोर्ने क्षमता राख्दछ । उक्त  ट्रोजन जीसस ट्रोजनसँग मिल्दो रहेको पनि अनुसन्धानकर्ताले पत्ता लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
 
सेक्यूरिटी फर्म बिटडिफेन्टरकाअनुसार यो मालवेयर अर्थात भाइसरले क्यानाडाका बैंकहरुलाई मुख्य निशानामा राखेको जनाइएको छ । सेक्यूरिटी फर्मले अन्य वेबसाइट जस्तै जिमेल , फेसबुक, याहू तथा लाइभ डटकमको वेबसाइटमार्फत पनि यूजरद्धारा प्रयोग गरिएको यूजरनेम तथा पासवर्ड चोरी गर्ने गर्दछ ।
 
जीसस ट्रोजनको जस्तै यसले पनि ब्राउजरको माध्यमबाट आक्रमण गर्दछ र ब्राउजिङ्ग प्रोसेसमा आफैंलाई सहभागी गराउँदछ । मुख्य विषय भनेको यो भाइरसले आफैं अटोमेटिक डाउनलोड हुन्छ र तपाईको कम्युप्युटर, ल्पापटप र स्मार्ट फोनमा इन्स्टल हुन्छ । कम्प्युटरमा एउटा विशेष फोल्डर खडा हुन्छ ।
 
उक्त मालवेयर तथा भाइरस एउटा त्यस्तो प्रविधि हो, त्यसलाई हटाउन र आक्रमणबाट जोगाउन अनुसन्धानकर्ताले विशेष प्रयासहरु जारी राखेका छन् । तर हालसम्म कुनै नजिता आएको छैन ।
 
अत्यन्तै गोप्य तरिकाले आक्रमण गरिने हुँदा तपाईको स्मार्ट फोन, कम्प्युटर वा ल्पाटपमा त्यसले खडा गर्ने फाइल नै तपाईलाई जानकारी नहुने भएकाले यो एउटा कठिन कार्य हो । तर अनुसन्धानकर्ताले इन्टरनेट बैंकिङलाई सुरक्षित बनाउन भरमग्दूर प्रयास जारी राखेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया