पोखरा महानगरेको गुनासो सुन्न हटलाइन सेवा सञ्चालनमा

बैशाख १५, २०७७ | आजको अर्थ
ajaako_artha

पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ आजदेखि सञ्चालनमा ल्याएको हो । 

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, बन्दाबन्दीले जोखिममा परेका समुदायको समस्या एवम् गुनासो सुनेर यथासम्भव तत्काल सम्बोधन गर्न टोली बनाइएको महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयोए ।

महानगपालिकाले कोरोना सङ्क्रमण पैmलिन नदिन पोखरा ९ शान्तिवनस्थित कृषि उपज बजार केन्द्रमा सेनिटाइज टनेल स्थापना गरेको छ । पोखराकै ठूलो तरकारी तथा फलपूmल बजारका रुपमा रहेको केन्द्रमा सर्वसाधारणको चापलाई दृष्टिगत गर्दै टनेल स्थापना गरिएको हो ।

टनेल स्थापनाको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरामा आवश्यकतानुसार सेवाग्राहीको चाप हुने स्थानमा यस किसिमका टनेल स्थापना गरिने बताए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८