रत्ननगरमा अपाङ्गमैत्री आकाशेपुल निर्माण शुरु

बैशाख १८, २०७७ | आजको अर्थ
ajaako_artha

कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनका बीच रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण शुरुआत गरेको छ । 

सो आकाशेपुल जिल्लामै पहिलो पटक बन्न लागेको हो । बढ्दो शहरीकरणसँगै यहाँ दुई स्थानमा यस किसिमका पुल बन्न लागेका हो । 

नगरपालिकाका प्रमुख नारायण वन र उपमेयर विमला दुवाडीले  बिहीबार संयुक्त रुपमा सो पुलको शिलान्यास गरे । बहुवर्षीय योजनाअनुसार रु दुई करोड ४२ लाख चार हजार लगानीमा निर्माण सम्पन्न हुने नगर प्रमुख वनले जानकारी दिए। 

गत फागुन महिनामा सम्झौता गरिएको सो पुलको लकडाउनको मौका छोपेर निर्माण कार्य शुरु गरिएको हो । 


प्रदेश सरकारको रु एक करोड र नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु करोड ४२ लाखको लगानीमा आकाशेपुल निर्माण हुनेछ । 

सरकारले आन्तरिक जनशक्ति र स्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि नगरपालिकाले आकाशेपुल निर्माण शुरु गरेको हो । 

नगरपालिकाले पुल निर्माण हुने स्थान वरपर बिजुलीको तार भूमिगत गर्नेछ । त्यसका लागि रु ४० लाख विनियोजन गरिएको छ ।  निर्माणका लागि भरतपुरस्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले ठेक्का पारेको छ ।

दुवैतर्फबाट आवतजावत गर्न मिल्ने गरी ४० मिटर लम्बाइ र साढे पाँच मिटर उचाइ रहेको आकाशेपुल निर्माण हुनेछ । 

यहाँ नेपालमै पहिलो पटक स्टिलका सामग्री प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए । 

सो पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उनले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८