पेट्रोलियम प्राधिकरण गठन गर्न ऐन निर्माणको तयारी

३ बर्ष अगाडि

नेपालमा पेट्रोलियम पदार्थको कारोबारलाई नियमन गर्ने गरी पेट्रोलिम प्राधिकरण गठन हुने भएको छ । 

पेट्रोलियम कारोबारलाई व्यवस्थीत गर्न र व्यक्ति तथा संस्थाहरुलाई नियमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राधिकरण गठन गर्ने तयारी थालेको हो । । 

पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको लागि मन्त्रालयले मन्त्रिपरिषद्सँग सैद्धान्तिक सहमति मागेको छ । 

पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऐन बनाउने प्रक्रिया  ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् ।

पेट्रोलियम पदार्थ नियमन र व्यवस्थित गर्ने ऐन र शक्तिशाली प्राधिकरण नहुँदा पेट्रोलियम पदार्थ खरिद बिक्रि तथा वितरण लगायतका निर्णय विवादित हुँदै आएका छन् ।

ऐन बने नेपाल आयल निगमले गर्दै आएको इन्धनको सम्पूर्ण कारोबार नियमन गर्ने संस्था खडा हुनेछ भने निजी क्षेत्रलाई पनि इन्धनको कारोबार गर्न दिने बाटो खुल्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया